पार्किङ ठेक्कामा अख्तियारको चासो



नेपालगन्ज, १९ माघ : नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहमा ई–रिक्सा पार्किङका लागि गरेको ठेक्का सम्झौता र शुल्क उठाउँदा बढी रकम लिएको विषयमा अख्तियारले पनि चासो लिएको छ । अख्तियारले नेपालगन्ज उपमहानगरपालिकालाई यस सम्बन्धमा स्पष्ट पार्न पत्र लेखेको छ । ठेक्का प्रक्रिया र बढी शुल्क लिएको विषयमा जाहेरी परेपछि आफूहरुले यथार्थ बुझ्नका लागि काम सुरु गरेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजयराज पौडेल बताउँछन् ।

नाकामा ई–रिक्साहको अव्यवस्थित भिड भएर आवतजावतमै अप्ठ्यारो सिर्जना हुन थालेपछि सडक किनारमा पार्किङ व्यवस्थापन गर्ने गरी उपमहानगरपालिकाले २०७९ असोज ०१ गते ठेक्का आह्वानको सूचना प्रकाशित गरी असोज १४ गते स्नेहा मानव कोल्ड स्टोरलाई ठेक्का दिएको थियो । ठेक्का पाएको पक्षले अधिकतम २० रुपैयाँ मात्र शुल्क लिन पाउनेमा अनाधिकृतरुपमा १० रुपैयाँ बढी शुल्क लिइरहेको थियो । यस सम्बन्धमा अख्तियारमा उजुरी परेको हो । यसै विषयमा माघ १२ गते मिसन टुडे दैनिकले समाचार प्रकाशित गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार