यातायात सेवा व्यवस्थित गर्न अनेरास्ववियू बाँकेको माग



कोहलपुर :  नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू बाँकेले जिल्ला यातायात कार्यालय बाँकेको सेवा व्यवस्थित हुनुपर्ने माग गरेको छ । कार्यालयबाट प्रवाह गरिने सेवा अव्यवस्थित भएको, दुर्घटनाको जोखिम रहेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष दिनेश केसीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । अनेरास्ववियू बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई ज्ञापन पत्र बुझाएको थियो ।

अध्यक्ष केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, बाँकेमा धेरै सरकारी कार्यलय सरकारी जग्गामा छन् । तर जनताको दैनिकीसँग जोडिएको यातायात कार्यालयको सेवा व्यवस्थित छैन । त्यहाँ दुर्घटनाको जोखिम छ । निजी घरमा महंगो शुल्कमा भाडाको घरमा सेवा प्रवाह भइरहेको छ । अब सरकारी कार्यालयमा नै सेवा व्यवस्थित बनाउन माग गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहीबार