सहिद दिवसमा कांग्रेसले खुवायो खाना



मिसन संवाददाता
नेपालगन्ज, १६ माघ
नेपाली कांग्रेस बाँकेले सहिद दिवसको अवसरमा सोमबार नेपालगन्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ । मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई बिहानको खाना कांग्रेसले खुवाएको हो ।


त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पुण्य काम प्रशंसनीय भएको बताए । उनले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले सञ्चालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निःशुल्क उपचारसँगै औषधिको व्यवस्था मिलाउने उद्घोषसमेत गरे ।

सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भए पनि खाना खुवाइएको बताए । उनले योपटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार