कोहलपुर, १५ माघ
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पुनर्गठन भएको छ । गहेन्द्रकुमार खड्काको अध्यक्षमा उक्त समितिको आइतबार पुनर्गठन गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत नौवटा उपभोक्ता समिति छन् । उक्त उपभोक्ता समितिले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गर्ने व्यवस्था छ । सोहीअनुसार उपस्थित बहुमत सदस्य संख्याको उपस्थितिमा समिति पुनर्गठन गरिएको नवनिर्वाचित अध्यक्ष खड्काले जनाए ।

उक्त समितिको सदस्यमा उपभोक्ता समितिका अध्यक्ष रहने व्यवस्था छ । सदस्य सचिव भने राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत रहने व्यवस्था छ भने निकुञ्ज संरक्षणको लागि खटिएको अर्जुन बाण गणका प्रमुख सदस्य रहने व्यवस्था छ । ‘उपभोक्ता समूहले समितिको अध्यक्ष चयन गर्छ,’ अध्यक्ष खड्काले भने, ‘उपभोक्ता समूहले अध्यक्ष निर्वाचित गरेपछि सबै अध्यक्षहरु सदस्य रहने व्यवस्था छ ।’
निर्वाचित भएपछि राष्ट्रिय निकुञ्जको संरक्षण र यहाँका वन्यजन्तुको संरक्षण प्रमुख प्राथमिकता भएको अध्यक्ष खड्काले बताए ।









प्रतिक्रिया दिनुहोस्