मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स अध्यक्षमा खनाल



कोहलपुर, १५ माघ
मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बाँकेको अध्यक्षमा विश्वराज खनाल निर्विरोध चयन भएका छन् । एसोसिएसन शनिबार सम्पन्न निर्वाचनमार्फत खनाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यस्तै उपाध्यक्षहरुमा कृष्ण प्रसाद सुवेदी र अजय कुमार टण्डन निर्वाचित भएको मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बाँकेले जनाएको छ ।
अन्य सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरिएको हो ।

१३ सदस्यीय समितिको सचिवमा किसन गुरुङ, सह–सचिवमा अनिल कुमार पौडेल र कोषाध्यक्षमा पशुपति दुलाल निर्विरोध चयन भएको अध्यक्ष खनालले बताए ।
निर्विरोध हुने सदस्यहरुमा बसन्त सुवेदी, गंगाराम थारु, मोहमद तोफिक,तिलकराम साहु, वृजेश कुमार पुप्ता, शालिकराम पौडेल र दामोदर प्रसाद अधिकारी चयन भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार