कोहलपुर पेट्रोल प्रकरण : छोराको मृत्यु, श्रीमती गम्भीर, श्रीमान पक्राउ



कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगर एक दुई वर्षीय बालकको मृत्यु भएको छ । आफ्नै बाबुले पेट्रोल छर्किएका दुई वर्षीय प्रिन्स विकको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ती बालकको भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पुयाइएको थियो । छोराको अवस्था गम्भीर थियो ।

थप उपचारका लागि नेपालगन्ज लगिएपनि उनी बाच्न सकेनन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार ती बालको सोमबार विहान ६ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए। घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार