कोहलपुर: कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरमा एक पुरुषले आफ्नै छोरा र श्रीमतीको शरिरमा आगो लगाएका छन् ।

साँझ ५ बजेतिर आफ्नै घरमा ती पुरुषले आफ्नै दुई वर्षीय छोरा र श्रीमतीको शरिरमा आगो लगाएका हुन् ।आफन्तहरुका अनुसार ती पुरुष छोरा र श्रीमतीको शरिरमा आगो लगाएर फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उनको खोजि कार्य जारी छ । उक्त घटना साँझ पाँच वजेतिर घटेको हो । पेटोल छर्किएका दुई वर्षीय छोराको माथिल्लो शरिर पुरै जलेको छ । दुवै हात घाँटी, अनुहार र टाउको पुरै जलेको छ । उनको अवस्था गम्भीर छ । भने श्रीमतीको अवस्था सामान्य रहेको छ ।
अस्पताल स्रोतले बच्चाको थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने सुझाव दिएको छ । : विस्तृत भोलीको मिसन टुडे दैनिक
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्