19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

श्री त्रिभुवन नमुना माविको अभिभावक भेला : सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ १५, २०७९  

मिसन संवाददाता
कोहलपुर, १४ माघ
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । समाजमा रहेका विभिन्न वर्ग र समुदायका बहुसंख्यक बालबालिकाको शिक्षा आर्जन गर्ने थलोको रुपमा रहेका विद्यालयसँग कयांैका सपना र भविष्य जोडिएको भन्दै ती विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न आवश्यक रहेकोमा उनीहरुले जोड दिएका हुन् ।
समयक्रमसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा प्रदान गरिने शिक्षामा विभेद देखिन थालेको भन्दै सामुदायिक विद्यालयको शिक्षालाई नै गुणस्तरयुक्त बनाउनुपर्ने उनीहरुको भनाइ छ । शनिबार श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन समारोहका औपचारिक समारोहमा बोल्ने अधिकांश वक्ताहरुले कोहलपुरमा पुरानो इतिहास बोकेको विद्यालयको शिक्षा पछिल्लो समय विभिन्न कारण खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको महŒवपूर्ण भूमिका रहेकोमा जोड हुन् ।


उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पछिल्लो समय कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदो अवस्थामा रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रको विकासका लागि लागिपरेको छ । यस्तै उनले त्रिभुवन नमुना माध्यमिक विद्यालयको शैक्षिक अवस्थामा गुज्रिँदो अवस्थामा रहेको भन्दै चिन्तासमेत व्यक्त गरे । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले सामुदायिक शिक्षाको सुधार पहिलो प्राथमिकता रहेको बताइन् । उनले चालू आर्थिक वर्षमा शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको उनले बताए ।
शिक्षामा रहेको विभेद र राजनीतिकरण हटाउनुपर्ने उपप्रमुख सुवेदीको भनाइ छ । यस्तै उनले कोहलपुर नगरपालिकाले विशेष कार्यक्रमका रुपमा छात्राहरुलाई प्रतिरक्षात्मक तालिम र छात्रहरुलाई लागुऔषध दुव्र्यसनबाट मुक्त गराउन अभियान थालिएको बताइन् । यस्तै सामुदायिक विद्यालयमा बालमैत्री धारा र शौचालय कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताइन् । उक्त अवसरमा बोल्दै अभिभावक जुना विकले आफ्नो छोराछोरी विद्यालयमा कसरी पढिरहेको भन्ने कुराको अनुगमन गर्नुपर्ने बताएकी थिइन् । अभिभावकहरुmले सामुदायिक विद्यालयलाई उपेक्षा गरेको आफूले अनुभूति गरेको समेत बताइन् ।
अर्का अभिभावक रतनबहादुर बुढाले शैक्षिक विकासमा त्रिपक्षीय समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए । उनले सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थी र सरकारसमेत मिलेर गुणस्तरीय शिक्षाका लागि पहल गर्नुपर्ने बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य भीमप्रसाद पौडेलले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर क्षेत्रको गौरव भएको बताए । उनका अनुसार अब उक्त विद्यालयलाई नमुना मात्रै होइन मेघा विद्यालयका रुपमा अघि बढाउनुपर्छ । अभिभावक भेला तथा भवन समुद्घाटन समारोहका क्रममा एक १२ कोठे भवन र चमेना गृहसमेत उद्घाटन गरिएको थियो । कोहलपुर नगरपालिकाका प्रमुख आचार्य र उपप्रमुख सुवेदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
नेपाल सरकारद्वारा नमुना विद्यालयमा सूचिकृत विद्यालयलाई प्रदान गरिने अनुदानअन्तर्गत भौतिक निर्माणतर्फ आर्थिक वर्ष २०७५÷०७६ मा कोहलपुर नगरपालिकाबाट प्राप्त बजेटबाट १२ कोठे भवन उद्घाटन गरिएको विद्यालयकी प्रधानाध्यापक देवका थापाले जानकारी दिइन् । उक्त अवसरमा जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका लागि सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, माघ १५, २०७९     9:41:58 AM  |