19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

आजबाट ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ १५, २०७९  

मिसन संवाददाता
नेपालगन्ज, १४ माघ
पर्यटन व्यवसायीहरुको मेला ‘वेस्टर्न ट्राभल मार्ट’ को दोस्रो संस्करण आज आइतबारदेखि नेपालगन्जमा सुरु हुँदै छ । पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटेल एसोसियन बाँके, होटेल व्यवसायी संघ बाँकेलगायतका संस्थाहरुको सहकार्यमा मेला आयोजना हुन लागेको हो । तीन दिनसम्म चल्ने डब्लुटिएम–२०२३ एफएएम बिक्री मिशनसँग यात्रा (परिचयात्मक भ्रमण कार्यक्रम–२०७९) नाम दिइएको मेलामा नेपाल र भारतका गरी चार सयभन्दा बढी पर्यटन व्यवसायीहरु नेपालगन्जमा भेला हुँदै छन् ।


पश्चिम नेपालका पर्यटकीय महŒवपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको मेलाको तयारी पूरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले यस वर्षको मेलाले व्यवसाय प्रवद्र्धनका लागि उल्लेख्य प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले यस वर्ष भारतका टूर अपरेटर व्यवसायीहरुको संगठन ट्राभल एजेन्ट्स एसोसियसन अफ इण्डिया (टाई) बाट कार्यकारी निकायसमेत ७५ जना भारतीय ट्राभल व्यवसायीहरु सहभागी हुन लागेको र उनीहरुको माध्यमबाट भारतभरि पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी पुग्ने उनले बताए । उनीहरु मार्फत नै भारतीय पर्यटक नेपाल आउने भएकोले यसलाई यहाँका पर्यटन व्यवसायीहरुको अवसरको रुपमा प्रयोग गर्नुपर्ने धारण सिग्देलको छ ।

सिग्देलले गत वर्ष आयोजित मेलाबाट नेपालगन्जमा भारतीय पर्यटकहरुको आवागमन बढेको र होटेल एवम क्यासिनो उद्योगले लाभ लिन पाएको बताए । यस वर्षको मेलाको प्रभाव अझ बढी पर्ने विश्वास लिइएको उनको भनाइ छ । होटेल व्यवसायी संघ हान बाँकेका अध्यक्ष दिवाकर खनालले पनि ‘टाई’को जम्बो टोली नै आउने भएपछि पश्चिम नेपालको पर्यटकीय गन्तव्यले भारतीय पर्यटकहरुमाझ प्रचार पाउने आशा व्यक्त गरे ।

मेलामा भारतीय टूर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायीको सहभागितामा पहिलोपटक कैलाश मानसरोवर दूरदर्शन गरिने भएको छ । त्यसका लागि बुद्ध एयरले सघाउनेछ । जसमा नौजना पत्रकारसहित ३९ जना व्यवसायीहरु कैलाश दूर दर्शनका लागि जाने तय भएको छ । यससँगै बुद्ध एयरले कैलाश दूरदर्शनको लागि माउन्टेन फ्लाइट गर्न सुरु गर्ने प्रतिनिधि विनित शाहले बताए । मार्टको उद्घाटनसँगै नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा साप्ताहिकरुपमा महाआरती गर्ने कामको पनि सुरुवात गरिने आयोजकले जनाएको छ । मेलामा सहभागी अतिथिहरुलाई कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी, स्थानीय सांस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका क्यासिनो र होटेलहरु भिजिट गराउने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ १५, २०७९     9:28:15 AM  |