बाँके स्थानीय तह : जनप्रतिनिधि नयाँ, नीति तथा कार्यक्रम पुरानै



वीरेन्द्र जैसी
नेपालगन्ज, १४ माघ
बाँकेका स्थानीय सरकारमा नेतृत्व परिवर्तन भए पनि नीतिहरुमा परिवर्तन देखिएन । आर्थिक वर्ष २०७९÷८० मा स्थानीय तहहरुले ल्याएका नीति तथा कार्यक्रमहरु हेर्ने हो भने अधिकांश पुरानै कार्यक्रमहरुको निरन्तरता देखिन्छ । कतिपय स्थानीय तहका प्रमुखहरुहरुले अघिल्लो कार्यकालका प्रमुखले तय गरेका तर असफल भएका नीति तथा कार्यक्रमलाई पनि आफ्नो नीति तथा कार्यक्रममा राखेका छन् । कतिपयले पूरा भइसकेका नीति तथा कार्यक्रमलाई पनि समेटेका छन् । बाँकेमा आठवटा स्थानीय तह छन् । तीमध्ये डुडुवा र नरैनापुर गाउँपालिकामा पहिलेकै प्रमुखहरु दोहोरिएका छन् भने राप्तीसोनारी गाउँपालिकामा पहिलेकै नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रमुख छन् । हामीले यी तीनवटाबाहेक नेतृत्वमा फरक दलका उम्मेदवारहरु विजयी भएका स्थानीय तहको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर यो सामग्री तयार गरेका छौँ ।


नेपालगन्ज उपमहनगरपालिकामा पहिलो कार्यकालमा राप्रपाका डा. धवलशमशेर राणा प्रमुख थिए भने अहिले नेपाली कांग्रेसका प्रशान्त विष्ट प्रमुख छन् । कोहलपुर नगरपालिकामा नेकपा एमालेका लुटबहादुर रावत प्रमुख रहेकोमा अहिले नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य, खजुरा गाउँपालिकामा एमालेका किस्मतकुमार कक्षपतिको ठाउँमा माओवादीका डम्मबर विक, वैजनाथ गाउँपालिकामा एमालेका मानबहादुर रुचालको ठाउँमा कांग्रेसका प्रकाश शाही र जानकी गाउँपालिकामा एमालेका रामनिवास यादवको ठाउँमा कांग्रेसका छब्बन खाँ प्रमुख छन् । यी पाँचवटै पालिकामा दलका प्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम चाहिँ उस्तैउस्तै छन् । कतिपय नीति तथा कार्यक्रम त अघिल्लो स्थानीय सरकारको पालाको हुबहँु राखिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका:  नीतिमा आएन चुनावी वाचा
एउटै ‘संकल्पपत्र’ लिएर चुनावी मैदानमा उत्रिएका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राईले तय गरेको नीति तथा कार्यक्रममा आफनै चुनावी घोषणापत्र त समेटिएन नै, नयाँपन पनि आउन सकेन । बरु, त्यसअघिका जनप्रतिनिधिले ल्याएको तर असफल भएका कार्यक्रमलाई समावेश गरेको देखिन्छ ।
कतिपय योजनाहरुको प्राथमिकताको विषयमा नै प्रश्न उठेको छ । कतिपय बजेटमा उल्लेख हुनुपर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ । जस्तो ‘इन्टरनेट सेवाको पहुँच नपुगेको २३ नम्बर वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ,’ भन्ने विषयलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ भने एक सय आठ फिट अग्लो हनुमानको मूर्ति स्थापना गर्ने र वडा नम्बर २० स्थित सुर्खेतरोडमा नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार निर्माण गर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममै राखिएको छ ।
नीति तथा कार्यक्रमले संकल्पपत्रमा भनिएको उद्यमशीलता तथा रोजगारी, साहित्य, कला, संस्कृति र खेलकुदलाई बेवास्ता गरेको छ भने अरु विषयमा बाचा गरिएका कुराहरु पनि नीति तथा कार्यक्रममा परेका छैनन् । स्वास्थ्यतर्फको नीति तथा कार्यक्रममा जमुनाह नाका, बसपार्क र राँझा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गर्ने भनिएको छ जबकी जमुनाह नाकामा पहिलेदेखि नै हेल्थ डेस्क सञ्चालनमा छ ।

नीति तथा कार्यक्रममै उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र निजका आश्रित परिवार, महिला स्वास्थ्य स्वम्यसेविका तथा विपन्नलाई स्वास्थ्य बीमामा आबद्ध गराइने भनिएको छ । बीमामा समावेश गराउन पनि जनप्रतिनिधि, कर्मचारीले प्राथमिकता पाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणाका धार्मिकस्थलको संरक्षण, सम्बद्र्धन, तालतलैयाको संरक्षण, स्तरोन्नति, विद्युतीय शवदाहगृह निर्माण, वडा कार्यालयहरुको भवन निर्माण गर्र्ने, संरचनालाई अपांगमैत्री बनाउने, रिङरोड निर्माण गर्ने, प्रतीक्षालय निमाण गर्ने (पहिले नै निर्माण भइसकेका), महानगरको गुरुयोजना निर्माण, रात्रिकालीन बजार निर्माण, पार्किङ व्यवस्थापनको पहल गर्ने, डिजिटल डकुमेन्टेसन गर्ने, सार्वजनिक जमिनका खोज र अतिक्रमण हटाउने, बजार क्षेत्रलाई फ्रि वाइफाई जोन बनाउने, साझेदारी विकास कार्यक्रमजस्ता पुरानै कार्यक्रमलाई वर्तमान मेयर प्रशान्त विष्टले निरन्तरता दिएका छन् । यसैगरी, २० बर्से आर्थिक विकास रणनीति निर्माण गर्ने, ठेला व्यवस्थापन गर्ने, ई–रिक्सा दर्ता र नियमन गर्ने, करको ई–पेमेन्ट सिस्टम लागु गर्ने, प्लास्टिक नियन्त्रण गर्ने, गैरप्लास्टिक झोला उत्पादनलाई प्रोत्साहन गर्ने, स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि संरचना बनाउने योजना पनि पुरानै हुन् ।

बागेश्वरी क्षेत्र विकास कोष, मन्दिरमा सन्ध्याकालीन आरती, टाँगाहरुको संरक्षण, प्रत्येक वडामा एक मेगा प्रोजेक्ट, मुख्य सडकमा ट्राफिक लाइट व्यवस्थापन, मुख्य चोकहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने, एक मावि एक नर्स कार्यक्रम लागु गर्ने, जनप्रतिनिधि र कर्मचारीले हरेक महिनाको १ गते इन्धन प्रयोग हुने गाडी प्रयोग नगर्ने, पशु एम्बुलेन्सको व्यवस्था गर्ने, एक कृषि सहकारी एक स्थानीय उपज उत्पादन कार्यक्रम, वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्नेलगायतका केही कार्यक्रमहरु पहिलेभन्दा फरक मान्न सकिन्छ ।
नेपालगन्ज उपमहानगरपालिका २०७९–८० का नीति तथा कार्यक्रमहरु
नयाँ पुराना
बागेश्वरी क्षेत्र विकास कोष, मन्दिरमा सन्ध्याकालीन आरती
१०८ फिटे हनुमानको मूर्ति
टागाहरुको संरक्षण
नेपालगन्ज प्रवेशद्वार निर्माण
प्रत्येक वडामा एक मेगा प्रोजेक्ट
मुख्य सडकमा ट्राफिक लाइट व्यवस्थापन
मुख्य चोकहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने
महेन्द्र बहुमुखि क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने
एक मावि एक नर्स कार्यक्रम लागू गर्ने
विद्यालयहरुको अनुगमन र सुपरिवेक्षण गर्ने
नगर युवा परिचालन नीति बनाउने
महिला सम्मान र महिला विकास कार्यक्रम लागू गर्ने
१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने
कर्मचारी, जनप्रतिनिधि र तिनको परिवारको स्वास्थ्य बीमा गर्ने
जनप्रतिनिधि र कर्मचारीले हरेक महिनाको १ गते इन्धन प्रयोग हुने गाडी प्रयोग नगर्ने
पशु एम्बुलेन्सको व्यवस्था गर्ने
एक कृषि सहकारी एक स्थानीय उपज उत्पादन कार्यक्रम
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने
विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने
धार्मिक स्थलको संरक्षण, सम्बद्र्धन
तालतलैयाको संरक्षण, स्तरोन्नति
विद्युतीय शवदाहगृह निर्माण
वडा कार्यालयहरुको भवन निर्माण गर्ने
संरचनालाई अपांगमैत्री बनाउने
रिङरोड निर्माण
प्रतिक्षालय निमाण गर्ने (पहिले नै निर्माण भइसकेका)
महानगरको गुरुयोजना निर्माण
रात्रिकालीन बजार निर्माण
राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने
सडकमा सिसिटिभी जडान
पार्किङ व्यवस्थापनको पहल गर्ने
डिजिटल डकुमेन्टेसन गर्ने
सार्वजनिक जमिनका खोज र अतिक्रमण हटाउने
लालपुर्जा वितरण
बजार क्षेत्रलाई फ्रि वाइफाई जोन बनाउने
खेलकुदको विकास र प्रवद्र्धन
मातृभाषामा पाठ्यक्रम निर्माण गर्ने
साझेदारी विकास कार्यक्रम
२० वर्षे आर्थिक विकास रणनीति निर्माण गर्ने
जमुनाह, बसपार्क र विमानस्थलमा हेल्थ डेस्क (पहिलेदेखि नै छ)
ठेला व्यवस्थापन गर्ने
ई–रिक्सा दर्ता र नियमन गर्ने
करको इ–पेमेन्ट सिस्टम लागू गर्ने
प्लास्टिक नियन्त्रण गर्ने, गैर प्लास्टिक झोला उत्पादनलाई प्रोत्साहन गर्ने
स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि संरचना बनाउने

कोहलपुर नगरपालिका :  पुरानै नीतिको निरन्तरता
कोहलपुर नगरपालिकामा अघिल्लो कार्यकालमा तय गरिएका केही गौरवका योजनाहरु असफल भएका थिए । फोहोरमैला व्यवस्थापनको समस्या स्थायीरुपले समाधान भएको छैन । अहिलेको नीति तथा कार्यक्रममा पनि फोहोरमैला व्यवस्थापनको समाधान ठोसरुपमा आएको छैन ।
सेवा प्रवाहबारे जानकारी लिन टोल फ्रि सेवा, रोजगार बैंक र श्रम बैंक, विद्युतीय सवारी साधन प्रयोग गर्ने, विज्ञ समूह गठन गर्ने, आवासीय विद्यालय स्थापना गर्ने, कोहलपुर प्रज्ञा प्रतिष्ठान गठन गर्ने, सिकलसेल एनिमिया पाठ्यक्रम लागु गर्ने, प्रधानाध्यापकलाई जिम्मेवार बनाउन ‘मेरो विद्यालय मेरो जिम्मेवारी’, स्वयम्सेवक शिक्षक, सर्पदंश उपचार केन्द्र, हरेक महिना वडागत स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु नयाँ रहेका छन् । यसैगरी, एक वडा एक खेल मैदान, योजना बैंक, विज्ञान संग्रहालय, नयाँ घर निर्माण गर्नुअघि दुईवटा रुख रोप्नुपर्ने नीति, जमिनमूनि रिचार्ज हुने व्यवस्था गर्ने घरधनीलाई प्रोत्साहन जस्ता योजना पनि नयाँ हुन् ।
टिनको छानारहित विद्यालय, विद्यालयमा चिसो तातो स्वच्छ खानेपानीको व्यवस्था, सिकाइ केन्द्रलाई समुदायमा स्थापना गर्ने, प्रविधि विस्तार र डिजिटल विद्यालय, बाल अस्पताल, गाउँघर क्लिनिक, अव्यवस्थित बसोबासीको व्यवस्थापन, फोहोरको वर्गीकरण र व्यवस्थापन, राष्ट्रिय निकुञ्ज क्षेत्रमा तारजाली, जनावरको आक्रमणबाट निधन भएकालाई एक लाख क्षतिपूर्तिजस्ता कार्यक्रमहरु पुरानै हुन् ।
कोहलपुर नगरपालिका २०७९÷८० का नीति तथा कार्यक्रमहरु
नयाँ पुराना
सेवा प्रवाहबारे जानकारी लिन टोल फ्रि सेवा
जनतासँग मेयर
रोजगार बैंक र श्रम बैंक
विद्युतीय सवारी साधन प्रयोग
विज्ञ समूह गठन गर्ने
विषयगत शिक्षक मिलान
आवासीय विद्यालय
कोहलपुर प्रज्ञा प्रतिष्ठान गठन
सिकलसेल एनिमिया पाठ्यक्रम
मेरो पहिलो रजस्वला सचेतना कार्यक्रम
प्रधानाध्यापकलाई जिम्मेवार बनाउन ‘मेरो विद्यालय मेरो जिम्मेवारी’
वडा शिक्षा समिति गठन
स्वयंसेवक शिक्षक
विद्यालयमा हाजिरी मेसिन जडान
सर्पदंश उपचार केन्द्र
हरेक महिना वडागत स्वास्थ्य शिविर
एक वडा एक खेल मैदान
योजना बैंक
विज्ञान संग्राहालय
नयाँ घर निर्माण गर्नुअघि दुईवटा रुख रोप्नुपर्ने नीति
जमिनमूनि रिचार्ज हुने व्यवस्था गर्ने घरधनीलाई प्रोत्साहन
वडामा टोल विकास संस्था गठन
कर्मचारीलाई प्रोत्साहन भत्ता ड्ड टिनको छानारहित विद्यालय
विद्यालयमा चिसो तातो स्वच्छ खानेपानीको व्यवस्था
सिकाई केन्द्रलाई समुदायमा स्थापना गर्ने
प्रविधि बिस्तार र डिजिटल विद्यालय
बाल अस्पताल
गाउँघर क्लिनिक
पुराना सबै नगर गौरवका भौतिक आयोजनाको निरन्तरता
अव्यवस्थित बसोवासीको व्यवस्थापन
फोहोरको वर्गीकरण र व्यवस्थापन
राष्ट्रिय निकुन्ज क्षेत्रमा तारजाली
जनावरको आक्रमणबाट निधन भएकालाई एक लाख क्षतिपूर्ति

बैजनाथ गाउँपालिका : अधिकांश पुरानै नीति
पहिले एमालेका मानबहादुर रुचाल अध्यक्ष रहेको बैजनाथ गाउँपालिकाको वर्तमान अध्यक्ष प्रकाशबहादुर शाहीले पनि आफ्नो पहिले कार्यकालमा पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छन् । शाहीले अघि सारेका लक्षित वर्गका अधिकांश कार्यक्रम हुबहुँ छन् । यसका साथै भौतिक योजनातर्फका कार्यक्रम पनि पुरानै हुन् । पाँच वर्षपछि आएको दोस्रो कार्यकालमा पनि गाउँपालिकाले बाह्रै महिना आवागमन हुने सडक, वडालाई सडक सञ्जालसँग जोड्ने, ह्युमपाइप कल्भर्ट, साना पुल निर्माण गर्नेजस्ता कार्यक्रमलाई नीतिमा राखेको छ ।

यसैगरी विद्युत् लाइन विस्तार, प्रविधिमैत्री विद्यालय, प्राविधिक विद्यालयमा पढ्नेलाई छात्रवृत्ति, सरसफाइ गुरुयोजना, ओभरहेड ट्याङकीसहितका खानेपानी आयोजना, अव्यवस्थित बसोबासीको व्यवस्थापन, एक वडा एक कृषि पकेट क्षेत्र घोषणाजस्ता पहिले नै तय गरिएका तर पूरा नभएका योजनाहरु पनि यस वर्षको नीति तथा कार्यक्रममा समावेश छन् । यस्तै, शित भण्डार, एक वडा एक कृषि प्राविधिक, निकुञ्ज क्षेत्रमा तारजाली जस्ता कार्यक्रम पनि यस वर्ष हुबहुँ समेटिएका छन् । नयाँ कार्यक्रमहरुमा स्वास्थ्यका लागि बजेट वृद्धि गर्ने, ज्येष्ठ नागरिक र अशक्तलाई घरमै स्वास्थ्य सेवा, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, पोषणमैत्री गाउँपालिका, एक विद्यालय एक नर्स, बालविकास शिक्षक शिक्षिकाको क्षमता विकास, सार्वजनिकस्थलमा शौचालय निर्माण, घना बस्तीमा ढलको व्यवस्थापन, फोहोर व्यवस्थापनका लागि गृहणीहरुलाई तालिम, भूमि बैंक स्थापना, १० जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई प्रोत्साहन, गाउँपालिका संग्रहालय, तालतलैया र सीमसार क्षेत्रको संरक्षण, नयाँ घर बनाउँदा अनिवार्य पाँच रुख लगाउनुपर्ने जस्ता नयाँ योजना रहेका छन् ।

खजुरा गाउँपालिका : पुरानै नीतिको प्रभाव
निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिको पालामा अघि सारिएका केही योजनाहरुको प्रचारप्रसार जति भयो प्रभाव त्यति देखिएन भनेर गुनासो गर्दै आएका माओवादीका डम्मर विक तुफानले पनि अधिकांश योजनामा कक्षपतिकै पाइला पछ्याएका छन् । विकले अघि सारेका एक वडा एक कृषि पकेट क्षेत्र, अर्गानिक कृषि उत्पादकलाई प्रोत्साहन, कृषि हाटबजार निर्माण, स्थानीय पाठ्यक्रम निर्माण गर्ने, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था मिलाउने जस्ता कार्यक्रम पुरानै हुन् ।

यसैगरी प्रदेश विश्वविद्यालयका लागि समन्वय गर्ने, सरकारी सेवा प्रवेशका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने, खेल प्रतियोगिता र खेलाडीलाई सम्मान, विपन्नको निःशुल्क स्वास्थ्य बीमा गर्ने, दीर्घरोगीको उपचारको व्यवस्था गर्ने, गाउँपालिकामा ब्लड बैंक स्थापना पर्ने, अपांगमैत्री संरचना निर्माण गर्ने, विद्यालय भवन, पुलपुलेसा बाटोघाटो निर्माण गर्ने योजना पनि नयाँ होइनन् । न्यायिक समितिका अधिकांश कार्यक्रम पुरानै छन् । यसैगरी, निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, साना उद्योग स्थापना र बजारीकरणलाई प्रोत्साहन गर्ने, विदेशबाट फर्किएका युवाहरुलाई रोजगार प्रदान गर्न सहजीकरण गर्ने, औद्योगिक ग्राम स्थापना गर्नेलगायतका कार्यक्रम पनि पुरानै हुन् ।

अध्यक्ष विकले अघि सारेका नयाँ जस्ता देखिने कार्यक्रमहरुम कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, सबै वडामा माटो जाँच गर्ने, द्वन्द्वपीडित बालबालिकालाई निःशुल्क पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने, गाउँपालिकास्तरीय पुस्तकालय स्थापना गर्ने, संस्थागत विद्यालयको वर्गीकरण, शुल्क निर्धारण र छात्रवृत्ति मापदण्ड बनाइने, निःशुल्क महिला स्वास्थ्य शिविर, सार्वजनिक शौचालय निर्माण गर्ने, सहिद र द्वन्द्वपीडित परिवारलाई रोजगारीमा अग्राधिकारको व्यवस्था गर्ने, गाउँपालिका प्रहरी भर्ना गर्ने, शाखा प्रमुखसँग कार्यसम्पादन करार गर्ने, खजुरा प्रज्ञा प्रतिष्ठान गठन गर्ने, सामाजिक सुरक्षा भत्ता वडामै उपलब्ध गराइने योजनालाई राख्न सकिन्छ ।

आफू पनि युद्धमा सामेल भएका विकले द्वन्द्वपीडितलाई तोकेरै केही कार्यक्रम अघि सारेका छन् । पालिकास्तरीय पर्यटन विकास बोर्डको स्थापना गर्ने, गाउँपालिकास्तरीय सहकारी विकास समितिको गठन गर्ने, नमुना वस्ती विकास आयोजना सञ्चालन गर्ने, पारिवारिक अभिलेखीकरण र द्वन्द्वपीडित एवम् विपन्न पहिचानसहितको नागरिक परिचयपत्र प्रदान गर्ने, वैदेशिक रोजगारीमा ज्यान गुमाउने परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने योजना पनि खजुराका लागि नयाँ हुन् ।

खजुरा गाउँपालिका २०७९–८० का नीति तथा कार्यक्रमहरु

नयाँ पुराना
कृषि उपजको समर्थन मूल्य तोक्ने
कृषि एम्बुलेन्सको व्यवस्था गर्ने
सबै वडामा माटो जाँच गर्ने
द्वन्द्वपीडित बालबालिकालाई निःशुल्क पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने
गाउँपालिकास्तरीय पुस्तकालय स्थापना गर्ने
संस्थागत विद्यालयको वर्गिकरण, शुल्क निर्धारण र छात्रवृत्ति मापदण्ड बनाइने
निःशुल्क महिला स्वास्थ्य शिविर
सार्वजनिक शौचालय निर्माण गर्ने
सहिद र द्वन्द्वपीडित परिवारलाई रोजगारीमा अग्राधिकारको व्यवस्था गर्ने
गाउँपालिका प्रहरी भर्ना गर्ने
शाखाप्रमुखसँग कार्यसम्पादन करार गर्ने
खजुरा प्रज्ञा प्रतिष्ठान गठन गर्ने
सामाजिक सुरक्षा भत्ता वडामै उपलब्ध गराइने
पालिकास्तरीय पर्यटन विकास बोर्डको स्थापना गर्ने
गाउँपालिकास्तरीय सहकारी विकास समितिको गठन गर्ने
जग्गाविहिनलाई लालपुर्जा वितरण गर्ने
नमुना वस्ती विकास आयोजना सन्चालन गर्ने
पारिवारिक अभिलेखीकरण र द्वन्द्वपीडित एवं विपन्न पहिचानसहितको नागरिक परिचयपत्र प्रदान गर्ने
सूचना प्रविधिमैत्री गाउँपालिका बनाउने
वैदेशिक रोजगारीमा ज्यान गुमाउने परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने ड्ड एक वडा एक कृषि पकेट क्षेत्र
अर्गानिक कृषि उत्पादकलाई प्रोत्साहन
कृषि हाटबजार निर्माण
आधारभूत तहको शिक्षा निःशुल्क
स्थानीय पाठ्यक्रम निर्माण गर्ने
विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था मिलाउने
प्रदेश विश्वविद्यालयका लागि समन्वय गर्ने
सरकारी सेवा प्रवेशका लागि निःशुल्क तयारी कक्षा संचालन गर्ने
खेल प्रतियोगिता र खेलाडीलाई सम्मान
विपन्नको निःशुल्क स्वास्थ्य बीमा गर्ने
दीर्घरोगीको उपचारको व्यवस्था गर्ने
गाउँपालिकामा ब्लड बैंक स्थापना गर्ने
अपांगमैत्री संरचना निर्माण गर्ने
विद्यालय भवन पुलपुलेसा बाटोघाटो निर्माण
न्यायिक समितिका अधिकांश कार्यक्रम पुरानै
निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
साना उद्योग स्थापना र बजारीकरणलाई प्रोत्साहन गर्ने
विदेशबाट फर्किएका युवाहरुलाई रोजगार प्रदान गर्न सहजीकरण गर्ने
औद्योगिक ग्राम स्थापना गर्ने

जानकी गाउँपालिका :अधिकांश नीति हुबहुँ
बाँकेका नेतृत्व परिवर्तन भएका पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा धेरै पुराना नीति तथा कार्यक्रम दोहो¥याउनेमा जानकी गाउँपालिका अघि देखिएको छ । जानकी गाउँपालिकामा एमालेका दिवंगत नेता रामनिवास यादवले अघि सारेका अधिकांश नीति तथा कार्यक्रमहरु वर्तमान अध्यक्ष एवं कांग्रेस नेता छब्बन खाँले हुबहु दोहो¥याएका छन् । वातावरणसम्बन्धि अधिकांश नीति हुबहु सारिएका छन् । बीउबिजनमा अनुदान, वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा प्रोत्साहन, साना सिँचाई पूर्वाधार विकास, करार खेती, सामूहिक खेती र सहकारीलाई प्रोत्साहन, सबै नागरिकलाई वित्तीय पहुँचमा पु¥याउने, सहकारीमार्फत कृषि उत्पादनको बजारीकरण गर्ने जस्ता पुरानै कार्यक्रम दोहोरिएका छन् । यसैगरी, औद्यागिक ग्राम स्थापना, उद्योगहरुको वर्गीकरण र दर्ता गर्ने, पहिले २५ शैयाको लक्ष्य रहेको अस्पताललाई १५ शैयामा झार्ने, जीर्ण अवस्थाका स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, स्वास्थ्य शिविर संचालन गर्ने योजना हुबहू नै छन् ।
जटिल रोग लागेका विपन्नलाई सहयोग उपलब्ध गराउने, रक्तसन्चार केन्द्र स्थापना गर्न पहल गर्ने, सूचना प्रविधियुक्त कक्षाकोठा बनाउने, नमुना विद्यालय बनाउने र शिक्षकलाई प्रोत्साहन, स्थानीय पाठ्यक्रम निर्माण गर्ने, शिक्षक कर्मचारीको न्युनतम पारिश्रमिक सुनिश्चित गर्ने, उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान, सडक, पुलपुलेसा निर्माण र मर्मत, प्लास्टिक मुक्त गाउँपालिका अभियान पनि पुरानै नीति हुन् ।
जानकीमा नयाँ भन्न लायक कार्यक्रमहरुमा तालिम, सेमिनार र गोष्ठी कम गर्ने, दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने, औद्योगिक व्यवसायी र मजदुरको बीमा गर्ने, उद्योगहरुमा नेपाली कामदारलाई प्राथमिकता दिनुपर्ने, ज्येष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा, हेलो आमा कार्यक्रमबाट परामर्श, प्राविधिक र कन्या विद्यालय स्थापना गर्ने, सबै विद्यालयमा एकै किसिमको रङ प्रयोग गर्ने, बालसुधार केन्द्र, संरक्षण केन्द्र, रिफ्रेस सेन्टर स्थापना, अभिभावकविहनि र दुव्र्यसनीमा फसेका बालबालिकाको तथ्यांक संकलन गर्ने र तालतलैया संरक्षण गर्ने रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार