कपडा व्यवसायी संघ कोहलपुरको अध्यक्षमा राजकुमार पौडेल



कोहलपुर  : कपडा व्यवसायी संघको अध्यक्षकम राजकुमार पौडेल चयन भएका छन् । जिल्लाको कोहलपुरमा रहेको संघके छैठौं साधारण सभा तथा चौथो अधिवेशनबाट संघको अध्यक्षमा पौडेल चयन भएका हुन् । नगर कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजिव शर्मा,उपाध्यक्षमा पुरुषोत्तम सापकोटा र महासचिवमा गोपाल अधिकारी चयन भएका छन् । अधिवेशनबाट सचिवमा सिता योगी अधिकारी र कोषाध्यक्षमा मोतिलाल काफ्ले निर्विरोध चयन भएको अध्यक्ष पौडेलले बताए ।

यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण गौली, बर्षा परियार, शुवास ढकाल , टिकाराम ढकाल र झुप बहादुर भण्डारी चयन भएका हुन् । छैठौं साधारण सभा तथा चौथो अधिवेशनको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले उद्घाटन गरेकी थिइन् । उनले आफू व्यवसायिक हकहितका पक्षमा रहेको बताइन् । उनका अनुसार कोहलपुरको समृद्धिको लागि व्यवसायीहरुको समेत भूमिका अहम छ ।

त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले यही फागुन ५ गतेबाट कोहलपुरमा हुन लागेको लुम्बिनी प्रादेशिक महोत्सवमा कोहलपुरका सम्पुर्ण कपडा व्यवसायीलाई समेटिने र बाँकी अन्य व्यावसायी लाई समेटिने बताएका थिए। नव निर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा कोहलपुरमा रहेको कपडा व्यवसायीहरुका समस्या समाधानका लागि पहल गरिने बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार