बाँके ।
लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले खजुराको विकासमा हातेमालो गर्ने बताएकी छिन् ।
खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्री केसीले खजुराको विकासका लागि आफ्नो भूमकिा सक्रिय हुने दाबी गरिन् ।
खेलकुदमा कुनै धर्म, जात नहुने बताउँदै उनले आफ्नो स्वास्थ्यसँगै राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले यसको विकास अपरिहार्य रहेको बताइन् । आफुले राजनिति सुरु गरेको खजुरा भएकाले पनि आफ्नो जिम्मेवारी धेरै रहेकोले खजुराको समग्र विकास गर्नमा भूमीका निर्वाह गर्ने प्रतिवद्धता मन्त्री केसीले जनाइन् ।
‘खजुराको विकास गर्न पालिकासँग समन्वय सहकार्य गरेर अघि बढ्नेछु’ उनले भनिन्, ‘खजुराको समृद्धि र विकासको निमित्त हातमा हात काँधमा काध थापेर सबै लाग्नुपर्छ ।’
प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्