21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ८, २०७९  

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १२९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३० रूपैयाँ ४८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३८ पैसा घटेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रुपैयाँ १२ पैसा तोकिएको छ।

प्रकाशित मितिः आइतवार, माघ ८, २०७९     11:33:28 AM  |