नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । एकजना ज्यान मार्ने उद्योग र पाँचजना पुन चलन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका राजापुर–४ का रइस अहमद सिद्दिकीलाई घरमै लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतले यही असार २९ गते ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष ११ महिना पाँच दिन कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो । त्यतिबेलादेखि उनी फरार थिए ।
त्यस्तै गत माघ २७ गते बर्दिया जिल्ला अदालतले पुन चलन मुद्दामा फैसला सुनाएपछि फरार भएका पाँचजना पनि पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–४ बस्ने खुसीराम थारु, पाटनदिन थारु, मंगता थारु, भग्गु थारु र बालकराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया जिल्ला अदालतको फैसला आदेशले पुन चलन मुद्दामा उनीहरुलाई जनही पाँच सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।









प्रतिक्रिया दिनुहोस्