बाँके ।
बिहीबारदेखि सुरु भएको बैजनाथ गाउँपालिकाको हिउँदे अधिवेशनमा दुईवटा ऐन पेस गरिएको छ । गाउँसभामा नगर प्रहरी ऐन र साझेदारी कार्यक्रमसम्बन्धी ऐन विधान समिति संयोजक कृष्णकुमारी सुनारले पेस गरेकी हुन् ।
गाउँसभामा पेस भएको शिक्षा ऐन र व्यावसायिक कार्यविधि तथा ऐन बिहीबारको गाउँसभाले पारित गरेको गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिए ।
पारित गरिएका कानुन, कार्यविधि तथा ऐन आगामी गाउँसभामार्फत सार्वजनिक गरिने उनले बताए । ‘बिहीबारको अधिवेशनबाट शिक्षा ऐन र व्यावसायिक कार्यविधि ऐन पारित भएका छन्,’ सूचना अधिकारी आचार्यले भने, ‘पारित भएका ऐनलाई आगामी गाउँसभामार्फत सार्वजनिक गरिन्छ ।’
विधान समिति संयोजक सुनारले गाउँसभामा पेस गरेका नगर प्रहरी र साझेदारी कार्यक्रमसम्बन्धी ऐन छलफलपश्चात मात्र पारित गरिनेछ ।
बिहीबारबाट सुरु भएको हिउँदे अधिवेशन सभाका अध्यक्ष प्रकाशबहादुर शाहीले माघ १२ गते दिउँसो २ बजे बस्नेगरी गाउँसभा स्थगित गरेका छन् । अर्को गाउँसभा माघ १२ गते दिउँसो २ बजे बस्ने सूचना अधिकारी आचार्यले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्