18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

नाटोले युक्रेनलाई हतियार सहयोग गरे अर्को तहको युद्ध हुने रुसी चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ ६, २०७९  

काठमाडौं ।

नाटोले युक्रेनलाई भारी मात्रामा हतियार पठाए थप खतरनाक युद्ध हुने चेतावनी रुसले दिएको छ ।

पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै अर्को तहको युद्ध हुने चेतावनी दिएको हो ।

पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गरिरहेका छन् । जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको छ ।

बेलायतले यसअघि ट्यांक पठाउने घोषणा गरिसकेको छ । यी ट्यांकहरू युक्रेन पठाउन बाटो खाली गर्न पोल्यान्ड लगायत देशलाई दबाबसमेत सिर्जना भएको छ ।

उता रुसले भने रुसी सेना र भू-भागमा आक्रमण गर्न सक्ने हतियार नदिन पश्चिमा मूलुकलाई दबाब दिइरहेको अलजजीराले लेखेको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ६, २०७९     10:36:36 AM  |