राँझा चोकबाट भारतीय लागुऔषध कारोबारी पक्राउ



बाँके ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा चोक नजिकैबाट प्रहरीले एक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले एक भारतीय कारोबारीलाई पक्राउ गरेको हो ।

भारतीय नागरिकको साथबाट लागुऔषध ब्राउनसुगरसमेत बरामद भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक
(डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा भारत बहराइच जिल्ला चावा नानपाराका २५ वर्षीय अरमानी अली रहेका छन् । उनको साथबाट कम्मरमा लुकाएको अवस्थामा कालो प्लास्टिकमा रहेको लागुऔषध ब्राउनसुगर फेला परेको थियो ।

तौल गर्दा उक्त बरामद भएको ब्राउनसुगर १८ ग्राम १६० मिलिग्राम रहेको डिएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए । ‘लागुऔषध बोकेर हिँडिरहेको सूचनाको आधारमा हाम्रो टोलीले उनीलाई पिछा गरिरहेको थियो,’ उनले भने, ‘रोकेर चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर बरामद भयो ।’

उनले भारतीय सीमावर्ती बजारबाट नै लागुऔषध लिएर बिक्रीको लागि राँझासम्म पुगेको अनुसन्धानबाट खुलेको डिएसपी मल्लले दाबी गरे । पक्राउ परेका अलीमाथि थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ४ गते बुधबार