टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक



बाँके ।

टिभिएसको नेपालका लागि आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नयाँ योजना ‘तिमी, म र टिभिएस’ सार्वजनिक गरेको छ । जगदम्बाले आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सुविधाहरु समावेश गरेर ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको हो ।

नयाँ योजनाअनुसार टिभिएसका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकहरुले आठ हजारसम्मको नगद छुट, ईएमआइ सुविधा तीन हजार नौ सय ९९ बाट सुरु, २५ प्रतिशत न्यूनतम डाउन पेमेन्ट र ११.९९ प्रतिशतको सहुलियत ब्याजदर जस्ता उत्कृष्ट सुविधाहरु पाउने छन् । कम्पनीका अनुसार, यो योजना गण्डकी, धौलागिरी र बागमती जस्ता स्थानहरुमा लागू हुने छैन ।

साथै स्कुटर तथा मोटेटहरुमा पनि यो योजना उपलब्ध नहुने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुइपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर एक सय ४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरुको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभरि जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ४ गते बुधबार