बाँकेका मुद्रण व्यवसायी हलवाईको मृत्यु



 बाँके ।

नेपालगन्जका मुद्रण व्यवसायी हमिदिद्दुन हलवाईको हृद्यघातका कारण मृत्यु भएको छ । उनको मृत्युमा नेपाल मुद्रण उद्योग संघ बाँकेले दुख व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद पौडेलले शोक विप्ज्ञती जारी गरेर संघका साधारण सदस्य समेत रहेका हलवाईको मृत्युमा दुख व्यक्त गरेका हुन् ।

‘नेपाल मुद्रण उद्योग संघ बाँकेका साधारण सदस्य तथा मआज अफसेट प्रेस नेपालगन्जका सञ्चालक हमिदिद्दुन हलवाईको ४२ वर्षको अल्पायूमै हृद्यघातका कारण आज मिति २०७९/१०/०२ गते भएको असामयिक निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ’ जारी शोक विप्ज्ञतीमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार