दुर्घटनाग्रस्त विमानकी को–पाइलट अञ्जु : १६ वर्षअघि दुर्घटनामै गुमाएकी थिइन् पाइलट श्रीमान्



काठमाडौँ ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडा थिए।

को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना कोपाइलट पोखरेलको निधन भएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्। दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार