काठमाडौं।
कास्कीमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारमध्ये ४१ जना निकालिएको छ।
उद्धारमा खटिएका एक अधिकारीका अनुसार २९ जनालाई अस्पताल पुर्याइएको छ भने १२ जनालाई खोँचबाट माथि निकाल्ने प्रयास भइरहेको छ।
‘खोँचमा १२ जनालाई निकालेर राखिएको छ। उनीहरूलाई डोरीबाट माथि निकाल्ने प्रयास भइरहेको छ’, उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले भने ।
२९ जनालाई भने अस्पताल पुर्याइएको छ। हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।
विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए।
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्