यती एयरलाइन्सको एटीआर जहाजमा दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा। सोना दिवाकर र उनका छोरा पनि दुर्घटनामा परेका छन्।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डा. श्रेष्ठले अस्ति ओटी गरेर हिजो एउटा कार्यक्रममा सहभाभी भएका थिए। डा. श्रेष्ठ छुट्टी मनाउनका लागि आज बिहान पोखरा जाने भन्दै केही दिनको विदा लिएको समेत उनले जानकारी दिए।
शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइन सोसाइटीको बैठकमा पनि डा. मरासिनी र डा. श्रेष्ठसँगै सहभागी थिए।
श्रेष्ठ दुई वर्ष देखि ट्रमा सेन्टरमा कार्यररत रहेको उनले जानकारी दिए।
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्