दुर्घटनाग्रस्त विमानमा यात्रु थिए पत्रकार त्रिभुवन पौडेल



काठमाडौं ।

पोखरामा भएको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेल पनि परेको खबर छ ।

उनी आफ्नो परिवारसहित काठमाडौंबाट पोखरा फर्किएको स्रोतको भनाई छ । तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराका प्रेस सल्लाहकार समेत रहेका पौडेलको नाम समेत यात्रुको सुचीमा रहेको छ ।

पत्रकार महासंघका निर्वाचित केन्द्रीय सदस्य समेत रहेका उनी आफ्नो परिवारसहित काठमाडौंबाट पोखरा फर्र्किएको स्रोतको भनाई छ ।

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ गाउँमा दुर्घटनामा परेको हो । चालक दलका चार सदस्य सहित ७२ जना यात्रु सवार उक्त विमान जलेको अवस्थामा उद्दार जारी छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार