पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित



काठमाडौं

यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय जहाजस्थलबाट आज आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा जहाजस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार