दुर्घटनाग्रस्त जहाजमा ४१ महिला र २७ पुरूष यात्रु थिए



काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।

सेतोपाटीलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्। जसमा ४१ जना महिला र २७ पुरूष छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार