यति एयरलाइन्सको जहाज दुर्घटना: अहिलेसम्म के-के थाहा छ?



काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ।

जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।

बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।

उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार