21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

पुटिनले फेरे युक्रेनविरुद्धको लडाइँको सैनिक कमाण्डर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २८, २०७९  

काठमाडौं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमाण्डरलाई जिम्मेवारीबाट हटाएका छन् ।

तीन महिना अघिमात्र युक्रेनविरुद्धको सैन्य अभियानको नेतृत्व पाएका सर्गेइ सुरोविकिनलाई जिम्मेवारीबाट पुटिनले हटाएका हुन् । उनको स्थान चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफले लिएको बीबीसीले जनाएको छ ।

गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा छन् । सोभियतकाल पछि सबैभन्दा लामो समयसम्म चिफ अफ जनरल स्टाफ पदमा रहेको उनी नै हुन् ।

युक्रेनका केही भूभाग आफ्नो भएको दाबी गर्दा विवाद बढेपछि गत वर्ष २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । जारी लडाइँको क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । हालैमात्र रुसी सेना पूर्वी युक्रेनतर्फ अघि बढिरहेको समाचार सार्वजनिक भएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २८, २०७९     11:07:09 AM  |