स्थानीय पाठ्यक्रम निर्माणका लागि विज्ञ खोज्दै कोहलपुर



कोहलपुर ।

कोहलपुर नगरपालिका खेलकुद, युवा तथा शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको स्रोत सामग्री निर्माणका लागि विज्ञसूचि तयारी पार्न लागेको
छ । त्यसका लागि निवेदन आह्वान गरिएको छ ।

शाखाअन्तर्गत समानीकरण स्वीकृत कार्यक्रमतर्फ आर्थिक वर्ष २०७९/०८० मा स्थानीय पाठ्यक्रम सुदृढीकरण पाठ्यक्रम छपाइ तथा प्रवोधिकरण कार्यक्रमका लागि निवदेन आह्वान गरिएको हो ।

खेलकुद, युवा तथा शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको पुस १७ गते बसेको बैठकको निर्णयानुसार स्थानीय पाठ्यक्रममा आधारित रही कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक तथा कक्षा ४ देखि ८ सम्मका लागि सन्दर्भ वा स्रोत सामग्री निर्माणका लागि विज्ञसूचि तयार गर्नुपर्ने भएको निवेदन आह्वान गरिएको नगर शिक्षा प्रमुख रामबहादुर हमालले बताए ।

उनका अनुसार सो प्रयोजनका लागि १५ दिनभित्र सम्बन्धित पक्षलाई निवेदन दिन भनिएको छ । उक्त सूचनामा पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका पाँचवटा क्षेत्र तोकिएको छ । तीमध्ये कोहलपुरको परिचय इतिहास तथा संस्कृति सम्पदा, स्थानीय पेसा व्यवसाय, सूचना तथा सञ्चार प्रविधि, विकासका पूर्वाधार तथा वातावरण शिक्षा र विपद् व्यवस्थापन तथा जीवनोपयोगी शिक्षा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २८ गते बिहीबार