नेपालगन्ज ।
नेपालगन्जमा दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या एक सय आठ पुगेको छ । खजुरामा दुईजना गरी जिल्लामा दादुरा संक्रमितको संख्या एक सय १० पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी १० वटा वडाका एक सय आठजनामा संक्रमित भेटिएका हुन् । यही पुस १२ गतेदेखि फैलिएको दादुरा रोकिने संकेत देखिएको छैन ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमितमध्ये दुई बालबालिकाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उपमहानगरपालिकाले संक्रमण देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुराविरुद्धको खोप दिइरहेको छ ।
खोप अभियान सुरु गरेको पाँच दिनसम्म नेपालगन्जका करिब चार हजार बालबालिबालाई खोप लाइएको बताइएको छ । संक्रमित हुनेमा अधिकांश पाँच देखि १० वर्ष उमेर समूहका बालबालिका छन् । तीमध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ ।









प्रतिक्रिया दिनुहोस्