कर्मचारी मिलन केन्द्रले ग¥यो न्यानो ब्लांकेट सहयोग



नेपालगन्ज (बाँके) ।

शीतलहर र चिसोबाट बच्न कर्मचारी मिलन केन्द्र बाँकेले न्यानो ब्लांकेट सहयोग गरेको छ । कर्मचारी मिलन केन्द्र बाँकेले नेपालगन्जस्थित मानव सेवा आश्रममा रहेकालाई न्यानो ब्लांकेट सहयोग गरेको हो ।

कर्मचारी मिलन केन्द्रका संरक्षक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष आथित्यमा उक्त ब्लांकेट वितरण गरिएको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष खडानन्द अधिकारीले जनाए ।

उनका अनुसार मानव सेवा आश्रममा ५० थान न्यानो ब्लांकेट वितरण गरिएको छ । कर्मचारी मिलन केन्द्र बाँकेले न्यानो ब्लांकेट सहयोगबाट यहाँ आश्रिमहरुलाई सहज हुने मानव सेवा आश्रमकी जिल्ला संयोजक सिर्जना ओलीले जनाइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार