नेपालगन्ज (बाँके) ।
थारु समुदायको ‘राष्ट्रिय थारु साहित्य सम्मेलन’ बाँकेमा हुने भएको छ । थारु लेखक संघ नेपालको आयोजना र गोचाली समाज फत्तेपुरको सहकार्यमा ७औँ राष्ट्रिय थारु सम्मेलन बाँकेमा हुने भएको हो । थारु समुदायको बाक्लो बसोबास रहेको राप्तीसोनारी गाउँपालिका–६ सिधन्वामा राष्ट्रिय थारु सम्मेलन हुने आयोजगले जनाएको छ ।
माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुले जनाए । ‘यो सम्मेलनले बाँकेको साहित्यलाई केही सहयोग पु¥याउने छ,’ उनले भने, ‘थारु समुदायलाई पनि साहित्यमा उत्साह, प्रोत्साहन र आकर्षित गर्न यसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने छ ।’ यस वर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान राख्ने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ ।
यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष थारुको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय थारु साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।
थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा व्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए ।
सम्मेलनमा झापादेखि कञ्चनपुरसम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर बहस, प्यानल छलफल गरिने उनले बताए ।