मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ११, २०७९
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो।
‘नारायणकाजीजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएके हो,’ उनले भने, ‘तर, अब नारायणकाजीजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो।’
लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय पाउने भएपछि शपथग्रहणको तयारीमा जुटेका छन्। अहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित तीन उपप्रधानमन्त्री र एक मन्त्रीलाई शपथग्रहण गराउँदैछिन्।
माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउँदा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी भएका छन्।