ओली निवासमा नयाँ गठबन्धनको तयारी, चार दलका नेताको संयुक्त बैठक



काठमाडौं ।

सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु सहभागी छन् ।

बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार