16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

रवि लामिछानेदेखि अशोक राईसम्म बालकोट पुगे, प्रचण्ड केहीबेरमा पुग्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १०, २०७९  

काठमाडौं ।

सत्ता गठबन्धन विघटनको डिलमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चहलपहल बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई बालकोट पुगेका छन् भने केहीबेरमा माओवादी अध्यक्ष पनि पुग्ने स्रोतले दाबी गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेर छलफल गरी बाहिरिएका छन् । प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो ।

अब एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन गरेर सरकार बनाउने सम्भावनाबारे छलफल शुरू भएको छ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसद छन् ।

यो गठबन्धन बनेमा १५६ सांसद पुग्छन् । सरकार गठनका लागि १३८ सांसद चाहिन्छ ।

प्रकाशित मितिः आइतवार, पुस १०, २०७९     2:02:44 PM  |