मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ६, २०७९
बाँके ।
नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य चयन भएका छन् ।
संघको आठौं महाधिवेशनबाट नगर प्रमुख आचार्य केन्द्रिय सदस्यमा चयन भएका हुन् । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको थियो ।
देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।
कोहलपुरका मेयर आचार्य स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका थिए ।