६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । सर्वसाधारणलाई गाउँसभास्थलमा जान रोक लगाइएको थियो । गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका थिए ।
नेपालगन्ज ।
डुडुवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९/८० का लागि करिब ६६ करोडको बजेट प्रस्तुत गरिएको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि बजेट गाउँसभामा पेश भएको हो । सोमबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
गाउँपालिकामा प्रतिनिधित्व गर्ने दलहरुबीच मतभेद हुँदा पटकपटक आह्वान भएको गाउँसभा स्थगित भएका थिए । लामो रस्साकस्सीपछि सोमबार बसेको गाउँपालिकाको १२आंै गाउँसभामा अध्यक्ष चौधरीले उक्त बजेट पेश गरेका हुन् । बजेटमा असहमति राख्दै अएका वडाध्यक्षहरुको माग सम्बोधन गरेर बजेट ल्याउने सहमतिपछि गाउँसभा सम्पन्न भएका हो ।
यद्धपि गाउँसभास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा लगाएर गाउँसभा गरिएको थियो । गाउँसभामा बजेट प्रस्तुतिपछि थप छलफल गर्नेगरी गाउँसभा मंगलबार अपरान्ह २ बजेसम्मका लागि स्थगित गरिएको छ । सात करोड २० लाख २४ हजार रुपैयाँको आन्तरिक स्रोत र बाँकी प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटको स्रोत अनुमान गर्दै उक्त बजेट प्रस्तुत गरिएको हो ।
बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिका–४ मा १५ शैड्ढयाको अस्पताल, मातृभाषाका शिक्षक, सात सय मेट्रिक टनको कोल्ड स्टोर, पशुपति माविमा क्याम्पस सञ्चालन, कृषि, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, ज्येष्ठ नागरिक, वन वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकासलगायतका क्षेत्रमा प्राथमिकतापूर्वक बजेट विनियोजन गरिएको उल्लेख गरे । अब नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रेस सल्लाहकार राकेश मिश्रले जानकारी दिए ।
समयमा बजेट पारित नहुँदा गाउँपालिकाका दैनिक कामकाज पनि ठप्प भएका थिए । कर्मचारीहरुले तलब नपाएपछि आन्दोलनमा उत्रिएका थिए । वडावासीहरु सेवासुविधाबाट पनि वञ्चित हुनुपरेको छ । गाउँपालिकामा बजेट प्रस्तुत हुँदा गाउँपालिका परिसरमा स्थानीयवासीहरुको बाक्लो उपस्थिति थियो । सर्वसाधारणलाई गाउँसभास्थलमा जान रोक लगाइएको थियो ।
गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका थिए । गाउँसभा आह्वान गरिएको हल बाहिर पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्षले गाउँसभाको नियम प्रस्तुत गर्दै भने गाउँसभा हलमा मर्यादापालकका रुपमा नेपाल प्रहरीलाई गाउँसभा अवधिभर बस्ने अनुमति दिइएको छ ।
गाउँसभास्थल बाहिर जम्मा भएका स्थानीयहरु भन्दै थिए, ‘यत्रो समयसम्म बजेट पास नहुँदा गाउँपालिकाको बेइज्जत भयो । हामीले सेवा सुविधाबाट वञ्चित हुनुप¥यो । कर्मचारीले तलब खान पाएनन् । अब त पास होला कि भन्ने आशा छ ।’