7 September 2024  |   शनिबार, भदौ २२, २०८१

जाजरकोट जिप दुर्घटनाः मृतकको संख्या ११ पुग्यो (मृतकको सूचीसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २६, २०७९  

जाजरकोट ।

जाजरकोटमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो।

जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडि दुर्घटना परेको हो। जिप सडकबाट २०० मिटर थल खसेको छ।

मृतकहरू

१. चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेखमा
२. अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका
३. सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४. वीरबहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५. जयकुमार बुढा– छेडागाड ५
६. नैसरा अधिकारी– छेडागाड ५
७. राम बहादुर बुढा – छेडागाड ६
८. दीपक अधिकारी– छेडागाड ५
९. देवीसरा बुढा –छेडागाड ५
१०. अम्मरबहादुर अधिकारी–छेडागाड ५
११. निशा अधिकारी २ बर्षकी –छेडागाड

घाइते १ जना
जैमान अधिकारी छेडागाड – २
घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर २६, २०७९     7:43:02 PM  |