7 September 2024  |   शनिबार, भदौ २२, २०८१

प्रेमिका भनेर विश्वास गर्दा हनी ट्र्यापको फन्दामा, झन्डै गुमेन पाँच करोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २६, २०७९  

दाङ ।

विवाहित हुँदाहुँदै अर्की महिलासँग प्रेम सम्बन्धनमा बस्दा दाङका एक ४५ वर्षका पुरुषले ३५ लाख गुमाए। यति मात्र भएको भए त उनी चुपचाप बस्थे होला। उनी झन्डै बलात्कारको मुद्दामा फसेका थिए नै ५ करोड समेत गुमाउने मोडमा पुगेका थिए।

गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन्।

दाङका ती ४५ वर्षिया पुरुषसँग यीनको चिनजान भएपछि सम्बन्ध अगाडि बढ्दै गयो। ती पुरुष विवाहित थिए। आर्थिक रूपमा सम्पन्न।

सामान्य चिनाजानबाट अगाडि बढेको सम्बन्ध प्रेममा बदलियो। कृष्णाले ती पुरुषसँग विभिन्न बहानामा ३५ लाख रुपैयाँ लिइसकेकी थिइन्।

ती पुरुषले माग अनुसार पैसा दिन आनाकानी गर्न थालेपछि उनले बलात्कारको केस हालिदिने भनेर धम्क्याउन थालिन्। उनले आफ्नो नाममा एउटा घरसहित पाँच करोड माग्न थालिन्।

त्यहीबिचमा जोडिए कृष्णाकुमारी बस्नेत र रुद्र केसी। ती पुरुषको परिवारलाई समेत धम्याउँन थालिन्। घर परिवारलाई समेत टर्चर दिन थालेपछि उनी प्रहरीको सम्पर्कमा गएर जाहेरी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूको नियत आपराधिक देखिएपछि अहिले तीनै जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मितिः सोमवार, मंसिर २६, २०७९     10:15:32 AM  |