मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २५, २०७९
काठमाडौं ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ ।
खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।
जुम्ला घर भएकी कठायतले रवि लामिछानेसँगै टेलिभिजन छोडेको एक कर्मचारीले बताए । यस्तै अर्की एकजना पत्रकार पनि पनि समानुपातिक सांसदमा चयन भएकी छिन् ।
खस–आर्य महिला कोटाबाट पत्रकार निशा डाँगी समानुपातिक सांसद बन्न सफल भएकी हुन् । झापा घर भएकी डाँगीले केही समय काठमाडौंमा रहेका केही मिडियाहरुमा काम गरेकी थिइन् ।