विद्यार्थीलाई संस्कारसहितको शिक्षा तथा सुन्दर र सफा नेपालगन्ज अभियानलाई सहयोग पु¥याउन सरसफाइ कार्यक्रम गरिएको ब्राइट होप एकेडेमीले जनाएको छ ।
नेपालगन्ज (बाँके) ।
‘संस्कारसहितको शिक्षा आजको आवश्यकता सकारात्मकतासहितको टोल सरसफाइ हाम्रो निरन्तरता भन्ने मूल नाराका साथ नेपालगन्जस्थित ब्राइट होप एकेडेमीले टोल सरसफाइ कार्यक्रम गरेको छ । शनिबार आदर्शनगर हुँदै सिद्धार्थ होटेल, अख्तियार कार्यालय हुँदै विद्यालयसम्म उक्त सरसफाइ कार्यक्रम गरिएको हो ।
विद्यार्थीलाई संस्कारसहितको शिक्षा र सुन्दर र सफा नेपालगन्ज अभियानलाई सहयोग पु¥याउन सरसफाइ कार्यक्रम गरिएको ब्राइट होप एकेडेमीले जनाएको छ । सामाजिक कार्यलाई अगाडि बढाउन शनिबार टोल सरसफाइ कार्यक्रम गरिएको ब्राइट होप एकेडेमीका संस्थापक कुसुम रानाभाटले जनाए । ‘यस्ता कार्यक्रमलाई अmझै निरन्तरता दिन्छौं,’ उनले भने, ‘यसमा अभिभावक, समुदायको समेत सहयोग चाहिन्छ ।’
उनले उक्त टोल सरसफाइ कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकलाई धन्यवादसमेत व्यक्त गरेका थिए । त्यस्तै सरसफाइ कार्यक्रमपछि भएको कोणसभालाई सम्बोधन गर्दै अभिभावक अक्कलबहादुर बमले भने, ‘विद्यालय आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । विद्यार्थीलाई शिक्षा मात्र होइन व्यवहारिक र संस्कार सिकाउन जरुरी छ । जो यो विद्यालयले गरिरहेको छ ।’
शनिबार गरिएको टोल सरसफाइ कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको भन्दै उनले भने, ‘यस्ताखाले कार्यक्रमले नेपालगन्जलाई सफा र सुन्दर बनाउन मद्दत पुग्छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ फोहोर व्यवस्थापनमा नयाँ सन्देश दिएको उनको भनाइ
छ ।
त्यस्तै तुलसीमणि केसीले व्यक्तित्वसँगै समाज स्वस्थ हुनुपर्ने बताए । ‘टोल सरसफाइ कार्यक्रमले राष्ट्रका लागि स्वस्थ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनी भन्छन्, ‘टोल मात्र होइन, विद्यार्थीले अभिभावकलाई पनि सचेत बनाउनुपर्छ ।’ विद्यालयले यसभन्दा अघि पनि टोल सरसफाइ कार्यक्रम गर्दै आएको छ ।
भोलिका दिनहरुमा पनि टोल सरसफाइलाई निरन्तरता दिने विद्यालयको भनाइ छ । उक्त टोल सरसफाइ कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको सहभागितो थियो । विद्यालय गरेको टोल सरसफाइ कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको अभिभावकहरुको भनाइ छ ।