मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २२, २०७९
बाँके ।
नेपालगन्जदेखि सिमिकोटका लागि उडेको तारा एयरको कार्गो जहाजमा चिल ठोक्किएको छ । बुधबार दिउँसो १२ः४५ मा नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको कार्गो जहाजमा चिल ठोक्किएको हो ।
सिमिकोट विमानस्थल नजिकै जहाजमा चिल ठोकिँदा जहाजको अगाडिको भागमा प्वाल परेको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार सिमिकोट विमानस्थल पुग्न ४–५ मिनेट अगाडि नै जहाजसँग चिल ठोकिएको थियो । चिल ठोक्किएपछि चालक दलका सदस्यहरुले जहाजलाई सिमिकोट विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए ।
अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोकिएको तारा एयरका एक कर्मचारीले मिसन टुडेलाई जानकारी
दिए । जहाजमा रहेका दुई पाइलट र एकजना एयर होस्टेस सुरक्षित रहेको सिमिकोट विमानस्थलले जनाएको छ ।