गाडी, रक्सी र मोबाइलको आयात खुल्यो



काठमाडौं ।

गाडी, रक्सी र मोबाइलको आयातमा आठ महिनादेखिको आयात प्रतिबन्ध खुल्ने भएको छ।

मन्त्रपरिषदले पुस महिनादेखि लागु हुनेगरि प्रतिबन्धित वस्तुको आयात खुला गर्ने निर्णय गरेको हो। २०७९ सालको वैशाखदेखि आयात प्रतिबन्ध लगाएको सरकारले सूचीलाई खुकुलो बनाउँदै आएको थियो।

सुरुमा धेरै वस्तुको आयातमा प्रतिबन्ध लगाएपनि अन्तिमसम्म चार वस्तुको आयात रोकिएको थियो। सरकारले अन्तिमसम्म १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल, डिजेल पेट्रोलबाट चल्ने कारको आयातमा प्रतिबन्ध लगाएको थियो।

त्यस्तै तीन सय अमेरिकी डलरभन्दा महंगो मूल्यका मोबाइल र मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो।

आयात प्रतिबन्ध निरन्तर भएपछि एकातिर सरकारी राजस्वमा गिरावट आइरहेको छ भने अर्कोतिर व्यवसायी पनि थला परेका छन्। व्यवसाय सुकेपछि टाट पल्टिने अवस्था आएको भन्दै अटो मोबाइल व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार