18 September 2024  |   बुधबार, अशोज २, २०८१

चेक अनादर मुद्दामा फरार धमला पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९  

बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चेक अनादर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ का ४९ वर्षीय मोती धमलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई बाँके जिल्ला अदालतले २०७६ भदौं ८ गते चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकेको थियो । सोही बेलादेखि फरार रहेका धमलालाई लुकिछिपी घरमै बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका धमलालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९     11:28:21 AM  |