7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मृत्यु बिमा भुक्तानी हस्तान्त्रण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १२, २०७९  

कोहलपुर: जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था कोहलपुरले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा दाबी भुक्तानी गरेको हो । शाखा प्रमुख हंस नेपालीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी स्वर्गीय रंगीता कठायतको बीमा रकम ३ लाख १० हजार रुपैयाँ हस्तान्त्रण गरिएको हो । संस्थाले स्वार्गीय कठायतका श्रीमान खड्क बहादुर कठायतलाई मृत्यु बीमा रकम हस्तान्त्रण गरिएको जनाएको छ ।

उक्त रकम संस्थाका कर्मचारी तथा कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले कठायतलाई हस्तान्त्रण गरेका थिए । स्वार्गीय कठायत २०७२ असार ३१ गते संस्थामा आवद्ध भइ बचत तथा कर्जाको कारोबार गर्दै आएकी थिइन् । उनले सुरुमा ३ लाख कर्जा कारोबार गरेकी थिइन् । कठायतले उपभोग गरेको रकमको सावा र व्याज जोड्दा २ लाख ८२ हजार ३४३ रुपैयाँ हिसाब मिलान गरी बाँकी हुन आउने रकम २७ हजार ६५७ रुपैयाँ जोडेर एकमुष्ट हस्तान्त्रण गरिएको नेपालीले बताए ।

उनले कर्जा वितरण गर्दा हुन आउने जोखिमलाई मध्यनजर गर्दै संस्थाले सम्पूर्णका बीमा गर्दै आएको जानकारी दिए । त्यसको आधारमा सदस्यको मृत्यु भएको खण्डमा नीजका परिवारलाई बीमा रकम हस्तान्त्रण गर्दै आएको उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बीमा गर्नु अत्यावश्यक रहेको बताएकी थिइन् ।

उनका अनुसार बीमा जीवनका लागि महत्वपूर्ण छ । बीमा हस्तान्त्रण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरिसिंह कठायत,अनुगमन अधिकृत डिल्ली रमण खड्का र मधु कुँवर र संस्थाका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, मंसिर १२, २०७९     6:07:51 PM  |