खजुराका झुम खत्री भेटाउनेलाई सम्पर्क गरिदिन परिवारको अपील



कोहलपुर: जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटका ७४ वर्षीय झुम खत्री कार्तिक ९ गतेदेखि घरबाट सम्पर्क विहीन भएका छन् । घरदेखि सल्यान जान्छु  भनी एक्कासी सम्पर्क विहीन भएका उनको परिवारले खोजी गरिरहेको छ ।

सम्पर्क विहीन खत्रीलाई देख्नुहुने महानुभावहरुले परिवारलाई सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ । वृद्ध खत्रीको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालय धनौलीमा निवेदन दिएका छन् । उक्त निवेदनमा खत्री कार्तिक ९ गते घरदेखि सल्यान जान्छु भनि गएको उल्लेख गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनी सल्यान पुगेका छैनन्, परिवारको समेत सम्पर्कमा छैनन् । सम्पूर्ण आफन्तहरुको सम्पर्क भन्दा बाहिर रहेको नीज खत्रीका ज्वाइ रामबहादुर क्षतिले बताए । उनका अनुसार खत्रीको मानसिक सन्तुलन ठिक छैन । हुलिया पहिचान र खोजतलासको लागि प्रहरीको निवेदन पेस गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार