कोहलपुर : बाँकेको क्षेत्र नम्बर १ अन्तरगत पर्ने प्रदेश सभा १ (ख)बाट निर्वाचित नेकपा एमालेका दुर्गा चौधरीले कोहलपुर १५ बाट धन्यवाद सभा र घरदैलो अभियान सुरु गरेका छन् । बाम लोकतान्त्रिक गठबन्धनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गर्दै उनी शुक्रबार बेलुकी निर्वाचित भएका थिए । नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरका छन् ।

चुनावी प्रचार र घरदैलो सुरु गर्नु अघि

चुनाव जितिसकेपछि धन्यवाद सभा र घरदैलो गर्नुपूर्व
निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् । उनी निर्वाचित भएको भोलीपल्टदेखि नै चुनावको बेला जस्तै फेरि मतदातालाई धन्यवाद दिन घरदैलो मै फर्किएका छन् । शनिबार उनले कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्नहवाकी ११६ वर्षीय महिलाको हातबाट आर्शिवाद लिदैँ मतदातालाई धन्यवाद दिने कार्यक्रम सुरु गरेको नवकिरण शाहले बताए । उनका अनुसार प्रदेश सभा सदस्यको टिकट पाएपछि ती महिलाबाट आर्शिवाद लिदै चौधरीले चुनावी प्रचारप्रसार अभियान सुरु गरेका थिए ।

उक्त अवसरमा उनले उक्त गाउँमा रहेको पुल निर्माण आफ्नो पहिलो प्राथमकिता रहेको बताएका थिए । चुनावको बेला आफूले गरेको संकल्प अनुसार काम गर्ने समेत प्रतिवद्धता जनाए । म बदलिने छैन, मेरो ठाउँ बदल्ने छु भन्ने संकल्पका साथ आजकै मितिदेखि जनताको सेवामा समर्पित हुने उनको अठोट रहेको छ ।
चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा मतदताहरुलाई धन्यवाद दिने कार्यक्रम सुरु भएको बताए ।उक्त अवसरमा चौधरीले ती वृद्ध महिलालाई पोषणयुक्त खानेकुरा समेत दिएका थिए ।
भिडियो हेर्नुहोस









प्रतिक्रिया दिनुहोस्