कोहलपुर : बाँके क्षेत्र नम्बर ३ मा मतगणना भइरहेको छ । अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका किशोरसिंह राठोरले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म ९ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वान्दी नेकपा एमालेका किस्मत कुमार कक्षपतिले ९ हजार ४ सय ९० मत ल्याएका छन् । किशोर र किस्मतबीच मतको अन्तर जम्मा १७९ रहेको छ ।
रास्वपाका देवेन्द्रनाथ शुक्लाले ३५३६ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्