बाँके ३ मा काँग्रेस सहमहामन्त्री राठौंर अघिअघि, एमालेका कक्षपति पछिपछि



कोहलपुर  :  बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले अग्रता कायमै राखेका छन् । उनी अहिले ५ सय ४३ मतले अगाडी छन् ।


राठौंरले ८२६१ मत प्राप्त गरी अग्रता लिएका हुन् । े । यस्तै एमालेका किस्मतकुमार कक्षपतिले ७७१८ मत प्राप्त गरेका छन् । ।

यसअघि एमालेका कक्षपतिले सुरुवातदेखी नै अग्रता कायम राख्दै आएका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २८३४ मत प्राप्त गरी तेस्रो स्थानमा आइरहेका
छन् । यस क्षेत्रमा उनले अनपेक्षित भोट पाइरहेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार राजुप्रसाद कुर्मीले ४४९ मत ल्याएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित कपास विकास समितिको कार्यालयमा मतगणना चलिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार