बाँके १ मा एमालेको अग्रता कायमै, खेलकुद मन्त्री पछ्याउँदै



बाँके ।

बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार सूर्य प्रसाद ढकालले अग्रता कायमै राखेका छन् । मंगलबार बिहान पौने ११ बजेसम्म १५,१३७ मत गणना गर्दा ढकालले ४,९३५ ल्याएका छन् ।

उनीलाई सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका युवा तथा खेलकुद मन्त्री महेश्जर जंग गहतराज अथकले ३,९०६ मतले पछ्याइरहेका छन् ।

यहाँ छाताको १,८२६, ढकियाको २,१५६, करुवाको ३३, घण्टीको ३०६, माछाको २७, महिला पुरुषको २४, शंखको ३४, साइकलको २०३ र मादलको १२ मत रहेको छ । बदर संख्या १,६७४ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार