जनकपुर, सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार बिहानदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म जनमत पार्टीका उम्मेदवार डा. सिके राउतले ६२९ मत प्राप्त गरी अग्रता लिएका छन्।

त्यसैगरी, जसपाका उपेन्द्र यादव ५९ र लोसपाका जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म ९२३ मत गणना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्